१३ असार २०८३, शनिबार

काठमाडौंको आर्ट ग्यालरीसहित ३ स्थानमा कला प्रदर्शनी

साउन १३, २०८१
काठमाडौं
काठमाडौंको आर्ट ग्यालरीसहित ३ स्थानमा कला प्रदर्शनी

काठमाडौंका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेको छ ।

बबरमहलस्थित नेपाल कला परिषद्‌मा कलाकार प्रियम प्रधान र उनको समूह मिलेर बनाएका सिर्जना प्रदर्शनमा छन् ।

उनको कला प्रर्दशनीको शीर्षक ‘रास लीला : द डिभाइन डान्स’ राखिएको छ ।

शीर्षकअनुसार कलामार्फत महाभारतमा समकालीन कथाहरू प्रस्तुत गरिएका छन् ।

मूर्तिकला, प्रतिस्थापन कला, चित्रकला, कपडाहरू, सङ्गीत र लघु चलचित्रका माध्यम अपनाएर महाभारतको प्राचीन दर्शन बुझाउन खोजिएको कलाकार प्रधान बताउँछन् ।

उनका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य वैदिक दर्शनका कथा र ग्रन्थ प्रयोग गरी युवा वर्गमा यसको महत्त्व जगाउनु हो । ​

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा काठमाडौं विश्वविद्यालयका विद्यार्थीले सिर्जना गरेका प्रिन्ट मेकिङ कला प्रदर्शन गरिएका छन् ।

जसको शीर्षक नै राखिएको छ, ‘इम्प्रिन्टस’ । ललितपुरस्थित एक्युब ग्यालरीमा भने आइतबारदेखि अमेरिकी कलाकार फिल रोविन्सनको एकल चित्रकला प्रदर्शन सुरु भएको छ ।

‘नेपाल कहाँ छ ?’ शीर्षकमा उनले कोरेका चित्रकलामा कलाको सौन्दर्य वर्णन गर्नुका साथै अवस्था चित्रण गरिएको छ । 

कलाकारले नेपाल घुमेर महसुस गरेका दृश्यलाई क्यानभासमा उतारेका हुन् । 

ग्यालरीका प्रमुख मनीषलाल श्रेष्ठका अनुसार विदेशी कलाकारको नजरमा नेपाल कला नै कलाले भरिएको देश मानिन्छ ।

त्यसैले चित्रमार्फत नेपाल सुन्दरता र कला कहाँ कति छ नियाल्ने काम अमेरिकी कलाकार रोविन्सनले गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्