०९ साउन २०८३, शनिबार
अन्तःशुल्क स्टिकरमा भ्रष्टाचार प्रकरण

बैकुण्ठ अर्यालको पक्षमा बहस गर्न इजलासमा पूर्वमन्त्री र पूर्वसचिवहरूको लर्को

साउन १३, २०८१
काठमाडौं
बैकुण्ठ अर्यालको पक्षमा बहस गर्न इजलासमा पूर्वमन्त्री र पूर्वसचिवहरूको लर्को
फाइल फोटो

अन्त:शुल्क स्टिकर छपाइमा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्यालको पक्षमा वकालत गर्न पूर्वमन्त्रीदेखि पूर्वसचिवसम्मको लर्को लागेको छ ।

आइतबार विशेष अदालतमा अर्यालको बयान र थुनछेक बहस भएको हो ।

अर्यालको पक्षमा बहस गर्न पूर्वकानून मन्त्री गोविन्द बन्दी तथा नेपाल सरकारका पूर्वसचिवद्वय यादव कोइराला र कृष्णजीवी घिमिरे विशेष अदालत पुगेका थिए ।

विशेषका अध्यक्ष टेकनारायण कुँवरको इजलासमा भएको बहसमा सचिवद्वय कोइराला र घिमिरेले सचिवको काम र भूमिकाबारे बहस गरेका थिए ।

उनीहरूले अर्यालमाथि भ्रष्टाचार मुद्दा लगाउनु गलत भएको जिकिर गरे ।

कोइराला राष्ट्रपति कार्यालयमा काम गर्दागर्दै र घिमिरे महान्यायाधिवक्ता कार्यालयबाट अवकाश पाएका व्यक्ति हुन् ।

अधिवक्ताको लाइसेन्स लिएका उनीहरूले अर्यालको पक्षमा बहस गरेका थिए । ​

बन्दीले अर्यालमाथि भ्रष्टाचार मुद्दा लगाउँदा सिंगो कर्मचारीतन्त्र डिमोरलाइज भएको तर्क गरेका थिए ।​

अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार मुद्दा लागेपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद सृजना गरेर सरुवा गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्