काठमाडौँ, ९ कात्तिक - नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद्का वरिष्ठ सदस्यद्वय डा भरत लामिछाने र ठाकुरप्रसाद चापागाईँलगायतले बृहत् वाम ध्रुवीकरण अभियानमा समाहित हुने निर्णय गरेका छन ।

नयाँ शक्तिमा रहेका सबै नेता तथा कार्यकताई बृहत् वाम एकतामा सहभागी हुन आग्रह गर्दै उनीहरुले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
डा लामिछाने र चापागार्इंले ‘सनकको भरमा राजनीति नचल्ने’ भएकाले लोकतान्त्रिक गठबन्धन परित्याग गरी वाम ध्रुवीकरण अभियानमा सामेल हुन डा बाबुराम भट्टराईलगायतलाई समेत आग्रह गरेका छन् ।
बृहत् वाम एकता अभियानबाट बाहिरिएर डा भट्टराईले इतिहासको आवश्यकतालाई सम्मान गर्न नसकेको समेत उनीहरुले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।