२७ जेठ २०८३, बुधबार

१७ दिनको प्रयास असफल, त्रिशूलीमा बेपत्ता दुई बस फेला पर्ने सम्भावना क्षीण

साउन १४, २०८१
काठमाडौं
१७ दिनको प्रयास असफल, त्रिशूलीमा बेपत्ता दुई बस फेला पर्ने सम्भावना क्षीण

त्रिशूली नदीमा यात्रुसहित हराइरहेका दुई वटा बस फेला पर्ने सम्भावना क्षीण बन्दै गएको छ । नेपाली र भारतीय गोताखोर तथा प्राविधिकहरू समेतले खोज्दा पनि नभेटिएपछि बस फेला पर्ने सम्भावना क्षीण बन्दै गएको हो । 

बसको खोजी गर्न आएको भारतीय टोलीको आइतबार बिदाइ भएको छ । उनीहरूले ल्याएका आधुनिक उपकरणबाट पनि खोजी सफल हुन सकेको थिएन । 

गत असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा आएको पहिरोमा ६५ जना यात्रुसहित दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । ६५ यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भएका थिए । हालसम्म घटनामा परेका २४ जनाको शव भेटिएको र १८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

अन्य ३८ यात्रुको अवस्था भने बससँगै अज्ञात छ । काठमाडौँबाट गौर जान नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको एन्जल्स डिलक्स बस हराएका थिए । आजको गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्