१० साउन २०८३, आइतबार

पोखरा बस दुर्घटना अपडेट– आरतीसँगै उनका ६ वर्षीय छोराको पनि मृत्यु

साउन १४, २०८१
कास्की
पोखरा बस दुर्घटना अपडेट– आरतीसँगै उनका ६ वर्षीय छोराको पनि मृत्यु

पोखरामा स्कूल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विद्यालयकी कार्यालय सहयोगी वर्ष ३३ की आरती बि.क र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । 

पोखरा- १७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा २८ जना घाइते भएका छन् । 

उनीहरूको अवस्था मध्यम रहेको र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल तथा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्