०२ असार २०८३, मंगलबार

गोरखा धार्चे पहिरो : चार जनाको शव फेला, एकको खोजी जारी

साउन १४, २०८१
गोरखा
गोरखा धार्चे पहिरो : चार जनाको शव फेला, एकको खोजी जारी

गोरखाको धार्चेमा गएको पहिरोमा बेपत्ता मध्ये ४ जनाको शव फेला परेको छ ।

आइतबार राति दुई बजे धार्चे गाउँपालिका–५ रेसेफाँटमा पहिरोले घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।

हालसम्म घरधनी जीतबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ, बुबा सुलाल कान्छा गुरुङ र धार्चे – ५ सिंग्लाका रमेश गुरुङको शव भेटिएको हो । 

ट्याक्टर चालक आरुपोखरीका रमेश परियार अझै भेटिएका छैनन् ।

नेपाली सेनालगायत अन्य सुरक्षा निकाय र स्थानीयले बेपत्ताहरूको खोजी गरेका थिए ।

सैनिक प्रवक्ता गौरवकुमार केसीले बेपत्ताको खोजी जारी रहेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्