२६ असार २०८३, शुक्रबार

माओवादी बैठकमा जनतासँग जान पाएको अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड

साउन १४, २०८१
काठमाडौं
माओवादी बैठकमा जनतासँग जान पाएको अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड

सरकार छोडेपछि बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अधिकांश सदस्यहरूले जनतासँग जान पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन् ।

केही दिनदेखि जारी बैठकमा २१ जना सदस्यले बोल्ने क्रममा सत्ताबाट प्रतिपक्षमा पुगेको अवसरलाई सदुपयोग गर्नुपर्ने मत आएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

‘सरकार छोड्ने विषय नेगेटिभ भए पनि यसले पार्टी निर्माणको अभियानमा जुट्न पोजेटिभ अवसर दिएको छ भन्ने कोणबाट पनि छलफल भयो । यस्तो परिस्थितिलाई राम्रोसँग सदुपयोग गरेर माओवादीको रिभाइभ गर्नुपर्छ भन्ने मत छ,’ गजुरेलले लोकान्तरसँग भने, ‘पार्टी निर्माणको लागि पाएको अवसरलाई सदुपयोग गर्न नसके हामी झन् कमजोर हुँदै जान्छौं भन्ने अधिकांश सदस्यको भनाइ छ । अब उठेका प्रश्नको जवाफ अध्यक्षले दिएपछि बैठक सकिन्छ ।’

चार दिनदेखि जारी बैठकमा उठेका विषयमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिनेछन् । 

गजुरेलका अनुसार अहिले नेतृत्व परिवर्तनको विषयमा कुरा नउठे पनि वैचारिक र संगठनात्मक नेतृत्व अलग-अलग नेताले गरेर जाने कि भन्नेमा बहस शुरू भएको छ ।​

अरूबेला सत्ता छोड्दा आलोचना हुने गरे पनि यसपटक नेगेटिभ मानसिकता नागरिकमा नभएकोले माओवादीले यसलाई सकारात्मक लिनुपर्ने गजुरेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्