
धनुषामा एक जनाको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
धनुषाधाम नगरपालिका–२, मङ्गलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।
ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा जनकपुरधाममा पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।