
सरकारले विभिन्न देशमा नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसहित १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार भारतको राजदूतमा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ ।
शर्मालाई प्रचण्ड नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाउने निर्णय गरेको थियो ।
अमेरिकाका लागि लोकदर्शन रेग्मी र बेलायतका लागि चन्द्र घिमिरे सिफारिश भएका छन् ।
माओवादीको कोटामा राजदूत बनेका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ ।
चीनका लागि डा कृष्णप्रसाद ओलीलाई सिफारिस गरिएको छ । य
स्तै दक्षिण कोरियाको लागि पूर्व उपसभामुख समेत रहेकी शिवमाया तुम्बाहाम्फे लाई सिफारिश गरिएको छ ।
शनिल नेपाललाई स्पेनको लागि नयाँ राजदूत सिफारिश गरिएको छ ।