०४ असार २०८३, बिहीबार

काठमाडौंको चुनदेवीबाट १० लाख नगदसहित ९ जुवाडे पक्राउ [सूचीसहित]

साउन १५, २०८१
काठमाडौं
काठमाडौंको चुनदेवीबाट १० लाख नगदसहित ९ जुवाडे पक्राउ [सूचीसहित]

काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ स्थित चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन् । 

यमकुमारी आलेको घरमा ओखर (जुवा) खेलेको र खेलाएको आरोपमा उनीहरूलाई काठमाडौं प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।

घटनास्थलबाट १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरिएको प्रहरीले जनाएको छ । 

यीहुन् पक्राउ परेका व्यक्तिहरू :
१.सिन्धुपाल्चोक घर भई हाल काठमाडौं-०६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा ।
२. ताप्लेजुङ घर भई हाल टोखा-०५ बस्ने ३८ वर्षीय नारायण लाबुङ ।
३. काठमाडौंको बूढानीलकण्ठ- ०५ देउला टोल घर भएका २१ वर्षीय कविर देउला ।
४. काठमाडौं-१९ बसन्तपुर घर भएका २१ वर्षीय निलेश महर्जन । 
५. काठमाडौं-१९ इनाटोल घर भएका ४५ वर्षीय राजेश श्रेष्ठ |
६. बूढानीलकण्ठ- ०५ देउला टोल घर भएका ३३ वर्षीया सरिता देउला । 
७. काठमाडौं- १५ डल्लु घर भएका ४८ वर्षीय दीपक महर्जन । 
८. काठमाडौं-१३ कालिमाटी घर भएका ४८ वर्षीय विवेक महर्जन । 
९. काठमाडौं-१५ डल्लु घर भएका ५२ वर्षीय प्रकाश शाही ।

salt training

कमेन्ट गर्नुहोस्