१९ असार २०८३, शुक्रबार

बलिउड अभिनेत्री सन्जिदा शेख नेपाल आउँदै

साउन १६, २०८१
काठमाडौं
बलिउड अभिनेत्री सन्जिदा शेख नेपाल आउँदै

बलिउड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् ।  साउन २६ मा गैह्रीधारामा ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न उनी नेपाल आउने भएकी हुन् । 

ट्रुडर्मा ब्राण्डका कम्पनी कन्सल्टयान्ट दिपक जैशवालले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा नेपाल आउन लागेको जानकारी दिए ।

शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन् । उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम छ ।

नेपाली  ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए । उनका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट 'ट्रु स्किन'को लन्चमा सहभागी हुने छिन् । 

ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो  । जुन त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्