२१ असार २०८३, आइतबार

बल्खु पुलमुनि एक जनाको शव भेटियो

साउन १६, २०८१
काठमाडौं
बल्खु पुलमुनि एक जनाको शव भेटियो

काठमाडौंको बल्खुस्थित पुलमुनि एक जनाको शव फेला परेको छ ।

बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय सरुप महतोको शव बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ । 

नदी किनारमा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो । 

उनका आफन्त सम्पर्कमा आएको प्रहरीले जनाएको छ । 

बाढीले बगाएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका नदीहरूमा बाढी आएको छ ।

बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुर लागयतका क्षेत्रबाट प्रहरीले डुबानमापरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्