
बाढीले महोत्तरीको बर्दिबास नगरपालिका ५ माइस्थान जंगल क्षेत्रमा पर्ने बेलगाछी पुलमा पुर्याएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बेलगाछी (ढुंग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भाग भत्किएको छ । सडकमा क्षति पुगेपछि रातिदेखि नै यातायात ठप्प छ ।
सडक अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् ।
राजमार्गमा क्षति पुगेपछि माईस्थान चोकबाट डाइभर्सन गरिएको छ ।