१९ असार २०८३, शुक्रबार

पर्सामा एक वर्षमै खारेज भए २ सय ३२ साना तथा घरेलु उद्योग

साउन १६, २०८१
विरगञ्ज
पर्सामा एक वर्षमै खारेज भए २ सय ३२ साना तथा घरेलु उद्योग

पर्सामा २ सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् ।

आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरू घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन् । 

घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले भने, 'आर्थिक मन्दीका कारण थला परेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ । अर्कोतर्फ सरकारले आव २०८१/८२ को बजेट वक्तव्यसँगै ल्याएको आर्थिक विधेयकमा वर्षौंदेखि नवीकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधानको कारण पनि धेरै उद्योग खारेजीमा परेका हुन् ।

उनले पछिल्लो समय घरेलु तथा साना उद्यम गर्ने  उद्यमीलाई सहज रूपमा बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त नगर्दा पनि समस्या भइरहेको बताए ।

'अहिले जताततै आर्थिक मन्दीले अर्थतन्त्रलाई शिथिलतातर्फ लगिरहेको छ । जसको कारण साना तथा घरेलु उद्योग मारमा परिरहेका छन्,' उनले भने, 'राज्यले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने वातावरण बनाउन आवश्यक छ ।'

पर्सा जिल्लामा आव २०७९/८० मा भने एक सय ७७ वटा साना तथा घरेलु उद्योग खारेजीमा परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्