१३ असार २०८३, शनिबार

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट

साउन १६, २०८१
काठमाडौं
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् ।

उद्योग मन्त्रालयमा आज भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध ऐतिहासिक तथा राजनीतिक एवं सांस्कृतिक रूपमा पनि निकै घनीभूत रहेको बताए ।

उनले भने, 'दुई देशबीचको जनस्तरको सम्बन्ध तथा आपसी सहयोगले नेपाल–चीनबीचको सम्बन्धको आयामलाई थप विस्तार गरेको अनुभूति गरेको छु, नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध छ र चीन विरोधी कुनै पनि किसिमका गतिविधिका लागि आफ्नो भूमिको दुरुपयोग हुन नदिने सङ्कल्पमा नेपाल सरकार दृढ रहेको स्पष्ट पार्न चाहन्छु ।'

नेपाल चीनको शान्ति, स्थायित्व एवं विकासमा योगदान गर्न प्रतिबद्ध रहेको विश्वास उनले दिलाए ।

मन्त्री भण्डारीले पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न महत्त्वपूर्ण उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्