
काठमाडौं, १० कात्तिक - धादिङको धुनिबेशीमा टिपर र मोटरसाइकल ठोकिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
नौबिसे बाट काठमाडौ जाँदै गरेको बा २ ख ७१८२ नम्बरको टिपरमा काठमाडौबाट नौबिसे तर्फ जाँदै गरेको बा ८२ प ७७९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए ।
काठमाडौ बबरमहलका मोटरसाइकल चालक रामेश्वर सिल्वाल र काठमाडौं त्रिपुरेश्वरका सलिन तुलाधर तुलाधारको दुर्घटनामा ज्यान गएको हो ।