जेठ ५, २०८१
काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...
काठमाडाैं | साउन १८, २०८१
आवरणमा ढिँडो सर्भिस, कोठाभित्र अर्कै धन्दा, अर्थात् यौन व्यवसाय । गर्भनिरोधक चक्कीको चाङ, प्रेगनेन्सी टेस्ट किट तथा अस्थायी साधनहरूसमेत होटलमै राखेर यौनजन्य धन्दा चलाएको पाइएको छ, त्यो पनि नाबालिक तथा किशोरीलाई बन्धक बनाएर ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका– १ मनोहरा जडिबुटीमा रहेको सिन्धुली होटल ढिँडो सर्भिस एन्ड गेस्ट हाउसमा यस्तै धन्दा चलेको पाइएको हो ।
आर्थिक अवस्था कमजोर भएका र जागिरको खोजीमा रहेका किशोरी तथा बालिकालाई उक्त होटलमा वेटरमा काम लगाइदिने प्रलोभनमा पारी जबरजस्ती यौनजन्य कार्यमा लगाउने गरेको पाइएको हो । उनीहरूले भनेबमोजिम नगरे शारीरिक तथा मानसिक यातना दिने गरिन्थ्यो ।
यस्तै परिबन्धमा पारियो ललितपुरकी कृपा (नाम परिवर्तन)लाई । कृपाको आमाले दोस्रो विवाह गरेका कारण उनको विद्यालय परिवर्तन भयो । तर, पारिवारिक कुरालाई लिएर विद्यालयमा साथीभाइले गिज्याउने र हेँला गर्ने भएकाले उनी विद्यालय जान छाडिन् ।
कृपाको चिनजानकी साथी संगीताले एक क्लबमा काम गर्ने अवसर छ भनेर आफू बसिरहेको होटल अर्थात् सिन्धुली होटल ढिँडो सर्भिस एन्ड गेस्टहाउसमा बोलाइन् । उनीहरूले त्यहाँ गएर जागिरका लागि कुरा गरे ।
त्यसबेला कृपा एक साताभन्दा बढी समय सोही होटलमा साथीसँग बसिन् । त्यतिबेला होटलका सञ्चालकहरूसँग कृपालाई उनको साथीले चिनाएकी थिइन् ।
कृपा घर फर्केपछि उनको फेसबूकमा ती सञ्चालकको फ्रेन्ड रिक्वेस्ट आयो । चिनजान भयो भन्ने हिसाबले कृपाले रिक्वेस्ट एसेप्ट गरिन् ।
सूर्य तामाङ नामको आईडीबाट होटल सञ्चालक कुशल खरेलले उक्त होटलमा पैसा तिर्न बाँकी रहेको र आएर पैसा तिर्न आग्रह गरे । पैसा तिर्न नआएमा पैसा नतिरी भागेको भनेर आमाबुवालाई भनिदिने र बेइज्जत गरिदिने धम्कीसमेत दिन्छन् ।
त्यही डरले साथीकोमा जाने बहाना गरेर गत जेठ १५ गते कृपा दोस्रोपटक उक्त होटल पुग्छिन् । खरेलले ७ हजार रुपैयाँ तिर्न बाँकी रहेको हिसाब दिन्छन् ।
आफूसँग त्यति पैसा नभएकाले घरबाट पैसा ल्याएर दिने कृपाले बताउँछिन् । तर उनीहरूले चारैतिर सीसी क्यामेराजडित उक्त होटलमै बन्धक बनाउँछन् । कृपाको मोबाइलसमेत खोसेर परिवारसँग सम्पर्क टुटाइदिन्छन् र कोठामा लगेर थुनिदिन्छन् ।
कोठा नम्बर २ मा बन्द बनाइएकी कृपाको कोठामा अपरिचित व्यक्ति पुग्छन् । होटलका साहुलाई पैसा तिरेर आएको बताउँदै ती ग्राहकले कृपामाथि जबरजस्ती गर्छन् ।
कृपा रुन्छिन्, चिच्याउँछिन्, तर गुहार पाउँदिनन् । किनकि उनको चित्कार बाहिर सुनिन्छ भनेर चर्को आवाजमा स्पिकर बजाइएको हुन्छ ।
बन्द कोठामा कृपाले कहिल्यै नसोचेको असह्य पीडा खेप्नुपर्यो । आफूमाथि होटल सञ्चालकले समेत बलात्कार गरेको उनले प्रहरीसँग बताएकी छन् ।
एकदिनमा ७ जना ग्राहकसँग बस्न लगाउने गरेको बयान पीडितले दिएकी छन् । यसरी बस्न ड्राइभरदेखि प्रहरीका जागिरेहरू समेत आउने गरेको उनको भनाइ छ ।
पीडित कृपाका अनुसार उक्त होटलमा नाबालिकादेखि २१ वर्षसम्मका किशोरी गरी ११ जना बन्धक थिए । तीमध्ये कति भाग्न सफल भए, भाग्न नपाएकाहरू त्यहीँ थुनिएर बस्न बाध्य भए । कतिपय भने आफूखुशी बसेको कृपाको भनाइ छ । प्रहरीले तीन जनालाई उद्धार गरी सेफ हाउसमा राखेको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको विशेष अपरेसनबाट धन्दामा संलग्न तीनजना पक्राउ परिसकेका छन् भने एकजना अझै फरार छ ।
ब्यूरोको पहिलो अपरेसनमा गत असार २४ गते होटलबाटै दुई जनालाई पक्राउ गरिएको थियो । सिन्धुली हरिहरपुर गाउँपालिका– १ का ३३ वर्षीय वीरबहादुर सिंतान र उनका भाइ २५ वर्षीय सुविलाल सिंतान पक्राउ परेका थिए ।
अर्का सञ्चालक कुशल खरेललाई साउन ८ मा काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरिएको थियो । खरेल उक्त होटलका एकल सञ्चालक थिए ।
पछि सिंतानलगायतलाई पाटर्नर बनाएका हुन् । त्यसपछि भने कुशलले होटलमै बसेर ग्राहक ल्याएबापत कमिसन खाने गरेको प्रहरीको भनाइ छ ।
काभ्रेको चौँरीदेउराली गाउँपालिका– १ का २० वर्षीय कुशल खरेल युट्युबर हुन् । खरेलले होटलमा बन्धक बनाएर यौनधन्दामा लगाएका पीडितहरूलाई उनीहरूको भिडियो युट्युबमा राखेर भाइरल गराइदिने धम्की दिने गरेकोसमेत खुलेको छ ।
ती पीडितहरूलाई पटक–पटक सञ्चालकले समेत यौनशोषण गरेको प्रहरीले जनाएको छ । पीडितलाई मादक पदार्थ सेवन गराउने र प्रतिव्यक्ति पन्ध्र सयदेखि पाँच हजारसम्म लिएर ग्राहकसँग शारीरिक सम्पर्क गराउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रहरीले होटलबाट प्रयोग भएका तथा नभएका अस्थायी साधनहरू, प्रेग्नेन्सी टेस्ट किट तथा गर्भ निरोधक औषधीहरू समेत बरामद गरेको छ ।
पक्राउ परेका वीरबहादुर पहिले साउदी अरेबिया बसेर फर्किएका हुन् । उनले मापसेको अवैध कारोबार गरेको आरोपमा डेढ वर्ष साउदीको जेलमा सजाय भुक्तान गरेको अनुसन्धानले देखाएको छ । प्रहरीले यस धन्दामा संलग्न एक फरार आरोपीको खोजी गरिरहेको छ ।
उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको छ । यस ऐनले देशभित्र वा बाहिर मानिस किन्ने वा बेच्ने, शरीर बन्धक बनाउने, वेश्यावृत्तिमा लगाउने, यौनशोषण गर्ने लगायत कार्यलाई मानव बेचबिखनको रूपमा परिभाषित गरेको छ ।
थप जानकारीका लागि हेरौं भिडियोः
काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...
जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् । एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...