
साउनको तेस्रो सोमबार, आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।
साउनमा हिन्दु धर्मावलम्बी महिलाहरूले हरेक सोमबार व्रत बस्ने तथा शिवालयमा गएर पूजा, दर्शन एवं जल चढाउने परम्परा छ ।

साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ ।
साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।