१२ असार २०८३, शुक्रबार

पहिरो हटाएसँगै मध्यपहाडी रुकुम खण्ड सञ्चालन

साउन २१, २०८१
रुकुम पूर्व
पहिरो हटाएसँगै मध्यपहाडी रुकुम खण्ड सञ्चालन

मध्यपहाडी राजर्मागअन्तर्गत पर्ने रुकुमखण्ड आइतबारदेखि सञ्चालनमा आएको छ । शनिबार साँझ रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–८ रिनदहमा झरेको पहिरो हटाएसँगै रुकुमखण्ड सञ्चालन भएको हो । 

मुसिकोट नगरपालिकाको डोजर प्रयोग गरेर सडकमा झरेको पहिरो हटाएसँगै रोकिका सवारीसाधान गन्तव्यमा गएका मसिकोट नगर प्रहरी सहायक निरीक्षक उमेश केसीले जानकारी दिए । 

यहाँ रुकुम–पश्चिमबाट रुकुम पूर्वको रुकुमकोट हुँदै पोखरा, काठमाडौँ तथा रुकुम–पश्चिम हुँदै दाङ, काठमाडौँ तथा देशका विभिन्न ठाउँमा सवारी साधन सञ्चालन हुने गरेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्