![एक महिनासम्म मनाइने 'गुँला पर्व' शुरू [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Gula_parba_1_AOdvRBmAIK.jpg)
नेवार समुदायले मनाउने गुँला पर्व आजदेखि शुरू भएको छ । गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो ।

साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।

पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ ।
राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ । यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् ।



