×

पाइलटबाटै चरम लापरवाही

पाइलटले नै मान्दैनन् नियम : ६ महिनामा ९ जनामाथि कारबाही, निलम्बनदेखि जरिवानासम्म

काठमाडाैं | साउन २१, २०८१

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०८१  जेठ २१ गते नेपाल वायु सेवा निगमका क्याप्टेनद्वय विजय लामा र भावना पन्तलाई निलम्बन गरेको थियो ।

Laxmi Bank

सिभिल एभिएसनको सेक्युरिटी प्रोभिजन उल्लंघन गरेको भन्दै प्राधिकरणले ती दुवै क्याप्टेनलाई 'ग्राउन्ड' गरेको थियो । हवाई जहाज वा हेलिकप्टर उडाउन रोक लगाउनुलाई 'ग्राउन्डेड' भन्ने गरिन्छ ।


Advertisment

नागरिक उड्डयन प्राधिकरण ऐन तथा नियमावलीविपरीत काम गरेको कसूरमा क्याप्टेन लामालाई २५ हजार रुपैयाँ जरिवाना गरी कारबाही फुकुवा गरियो । निगमको वाइडबडी जहाज उडाउने क्याप्टेन लामा ३ साता गाउन्डेड भएर काममा फर्किए ।


Advertisment

तर, पाइलट भावना पन्त भने छानबिनबाट दोषी नदेखिएपछि एक सातामै उनको कारबाही फिर्ता गरियो । अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधित काम गरेको उजुरीका आधारमा प्राधिकरणले उनलाई एक्टिभ ड्युटीबाट हटाएको थियो ।

२०८१ जेठ २२ गते प्राधिकरणले बुद्ध एयरका फ्लाइट अफिसर प्रतिभा अर्याललाई  कारबाही गरेको थियो । फोटोग्राफी/ भिडियोग्राफी गरेको कसूरमा अर्याललाई प्राधिकरणले रोस्टरबाट अफ गरेको थियो ।

त्यसैगरी २०८१ जेठ १० गते प्राधिकरणले सीता एयरका क्याप्टेन भरत थापालाई कारबाही गरेको थियो । मुगुको रारा विमानस्थलमा सीता एयरको जहाजले ठक्कर दिँदा सोही जहाजका स्टेसन प्रमुख धिरेन्द्र भाम घाइते भएका थिए ।

एयरपोर्टमा जहाज उडानको संकेत गराइरहेका भामलाई चालकले बोलाएपछि  जहाजतर्फ जाँदै गर्दा जहाज गुड्ने भामलाई ठक्कर दिँदा टाउकोमा चोट लागेको थियो ।

त्यसैगरी, २०८१ वैशाख २४ गते प्राधिकरणले यती एयरलाइन्सका क्याप्टेन ल्याभिश चन्दलाई कारबाही गरेको थियो । फ्लाइट डाइभर्सन कसूरमा उनलाई कारबाही गरिएको थियो ।

२०८१ वैशाख १८ गते सिम्रिक एयरका क्याप्टेन रनेश डंगोललाई पनि प्राधिकरणले कारबाही गरेको थियो ।

स्याङ्जामा फुटबल खेल चलिरहेको बेला मैदानमै उनले हेलिकप्टर अवतरण गरेका थिए । पोखराबाट यात्रुलाई लिएर विनाअनुमति उनले खेल मैदानमा हेलिकप्टर अवतरण गरेका थिए ।

त्यसैगरी, २०८१ वैशाख ९ गते प्रभु हेलिकप्टर्सका क्याप्टेन पासाङ एन शेर्पालाई पनि अनधिकृत भिडियोग्राफी गरेको कसूरमा प्राधिकरणले कारबाही गरेको थियो ।

हेलिकप्टरमा सवार यात्रुलाई ककपिट चलाउन दिएको भन्दै शेर्पालाई प्राधिकरणले निलम्बन गरेको थियो ।

प्रभु हेलिकप्टर्सले गोसाइकुन्डतर्फ उडान गर्दा पैलत शेर्पाले उडानका क्रममा यात्रुलाई हेलिकप्टरको स्टार्ट बटनसहित विभिन्न बटनहरू चलाउन दिएका थिए ।

२०८० फागुन १ गते प्राधिकरणले बुद्ध एयरका क्याप्टेन सिद्धार्थ थकाली, कोपाइलट सौरभ रौनियार, मार्शलर लक्ष्मण नेपाली र रमेश बीकेसहित चार जनालाई एकसाथ कारबाही गरेको थियो । विमानस्थलमा दिशा देखाउन परिचालित मार्शलरले गलत संकेत देखाएका कारण जहाज पोलमा ठोक्किएको छानबिनमा पाइएको थियो ।

भैरहवाबाट काठमाडौं यात्रु लिएर अवतरण गरेको विमान काठमाडौं विमानस्थलको पार्किङतर्फजाँदा पोलमा ठोक्किएको थियो । जहाज पार्किङ गर्ने क्रममा पार्किङ वेका लागि राखिएको फ्लड लाइट र सीसी क्यामेराजडित पोलमा विमानको बायाँ पखेटा ठोक्किएको थियो । यात्रुलाई कुनै क्षति नभएपनि पोल ढल्नुका साथै जहाजको पखेटाको लाइट इन्डिकेटर र सेन्सरमा  क्षति पुगेको थियो ।

यसरी सन् २०२४ मा हालसम्म प्राधिकरणले ९ जना पाइलटलाई कारबाही गरिसकेको छ ।

प्राधिकरणले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकअनुसार विगत ६ वर्षमा इजाजतपत्र प्राप्त पाइलटहरूमध्ये ६१ जनालाई कारबाही गरिसकेको छ ।

सन् २०१८ मा १४ जना, सन् २०१९ मा ८ जना, सन् २०२० मा ७ जना, सन् २०२१ मा ६ जना, सन् २०२२ मा १० जना र सन् २०२३ मा १६ जना पाइलट कारबाहीमा परेका छन् ।

मेडिकल्ली अनफिट हुँदा पनि स्वास्थ्य स्थितिको कुरा लुकाएर जहाज उडाउने, ल्यान्ड गर्ने बेलामा हार्ड हिट गर्ने (जोडले तल झार्ने), स्टन्ट गर्ने, जहाजको निर्माता कम्पनीले बनाएको एसओपी पालना नगर्ने, अनावश्यक जोखिम लिएर खराब मौसम हुँदा पनि जहाज उडाउनेजस्ता लापरबाही गर्ने गर्छन् ।

जहाज वा हेलिकप्टर उडाउँदा कायम राख्नुपर्ने उचाई तथा दुरी कायम नराख्ने, निर्धारित समयभन्दा बढी जहाज उडाउने गरेको कसूरमा ती पाइलटहरूलाई कारबाही गरिएको हो ।

नेपालमा त्यसै पनि हवाई दुर्घटना बढी नै भइरहेको देखिन्छ । यात्रुहरूलाई लिएर जहाज उडाउने गरेका पाइलटकै लापरवाहीका कारण धेरैजसो विमान दुर्घटना हुने गरेको प्राधिकरणका एक अधिकारी बताउँछन् ।

२०७९ माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका ४ सदस्य र ६८ यात्रु गरी ७२ जनाको मृत्यु भएको थियो । क्याप्टेनले को–पाइलटलाई सिकाउने क्रममा उक्त विमान दुर्घटनामा परेको थियो । ककपिट भ्वाइस रेकर्डरमा रेकर्ड भएको अडियो हालसालै सार्वजनिक भएको छ । उक्त संवादले पनि पाइलटकै लापरवाही भएको प्रस्टै देखाउँछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हवाई सुरक्षामा लापरवाही गर्ने पाइलटहरूलाई नागरिक उड्डयन नियमावली, २०५८ बमोजिम कारबाही गर्ने गरिएको छ ।

'नियमावलीविपरीत काम गरेको पाइएपछि ती पाइलटहरूलाई प्राधिकरणले कारबाही गरेको हो,' भूलले लोकान्तरसँग भने, 'गल्ती हेरेर कसैलाई ग्राउन्ड गर्ने त कसैलाई जरिवाना गर्ने गरिएको छ ।'

केहीलाई 'रिफ्रेस क्लास' लिन लगाउनुका साथै कतिपयलाई 'सिमुलेसन'अन्तर्गत भर्चुअल जहाज उडाउन समेत लगाइएको उनले बताए ।

'पाइलटहरूले गर्ने कसूरको गाम्भीर्यता हेरी प्राधिकरणले कारबाही गर्नेगर्छ,' उनले थपे, 'यसका अलावा काम लगाउने वायु सेवा कम्पनीले आन्तरिक कारबाही समेत गर्ने गरेका छन् ।'

तलबबाट सोधभर्ना गर्ने, ड्युटीबाट निश्चित समयका लागि अफ गर्ने, ड्युटी आवर कम गरिदिने, निश्चित पाइलटसँग निश्चित घण्टा उडान गरेपछि मात्र 'रिलिज' गर्नेलगायतका कारबाही आन्तरिकअन्तर्गत हुने गरेको छ ।

प्राधिकरणले पाइलटलाई न्यूनतम् १० हजारदेखि अधिकतम ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने गरेको भूलले बताए ।

'त्यसबाहेक जहाजमा के कति क्षति भएको हो त्यसको मूल्यांकनका आधारमा वायुसेवा कम्पनीले पनि जरिवाना तिराउने गर्छ,' भूलले भने, 'हामीले भने गल्ती गर्ने पाइलटलाई एक्टिभिटिजबाट अफ गरी ग्राउन्ड गरिदिन्छौं ।'

त्यसैगरी विदेशमा दर्ता भएको तथा विदेशको सिभिल एभिएसनबाट इजाजतप्राप्त पाइलटले गल्ती गर्दा कारबाहीका लागि सम्बन्धित देशको सिभिल एभिएसनलाई लेखी पठाउने गरिएको छ ।

'कारबाही गर्न तथा कारबाही गरिएको विषयमा जानकारी गराउन भनेर हामीले सम्बन्धित देशको सिभिल एभिएसन अथोरिटीलाई लेखी पठाउने गरेका छौं,' उनले थपे, 'हाम्रो पत्रको आधारमा कारबाही भई जानकारी आउने गरेको छ ।'

हेर्नुहोस्, कारबाहीको विवरण :

null

 

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

जेठ ४, २०८१

जनताको सेवाका लागि राजनीति गरेको दाबी गर्ने नेताहरू मन्त्री बनेलगत्तै जीवनशैली बदलेर विलासी बन्न खोज्छन् । २ महिनाअघि सरकारमा सहभागी मन्त्रीहरूले पनि निवासमा विलासिताका सामान जोड्न प्रतिस्पर्धा गरेको पाइएको ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x