
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार दिउँसो करिब साढे २ बजे देश छाडेर सैनिक हेलिकप्टरमा भारततर्फ लागेकी छन् ।
आफ्नी बहिनी शेख रेहानालाई लिएर ‘सुरक्षित ठाउँ’तर्फ प्रस्थान गरेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतको हवाला दिँदै ढाका ट्रिब्युनले उनीहरू दुवैजना भारतको पश्चिम बंगालतर्फ जाँदै गरेको बताएको छ ।
सञ्चारमाध्यम एएफपीले पनि स्रोतको हवाला दिँदै शेख हसिना र शेख रेहाना सुरक्षित स्थानमा पुगेको जानकारी दिएको छ ।
प्रधानमन्त्री हसिनाले भारत प्रस्थानअघि भाषण रेकर्ड गर्ने मनसाय राखेकी थिइन्, तर त्यसो गर्ने मौका दिइएन ।