२६ जेठ २०८३, मंगलबार

डा. भेषबहादुर थापालाई ‘हेमबहादुर मल्ल सम्मान २०७९’ प्रदान गरिने

साउन २१, २०८१
काठमाडौं
डा. भेषबहादुर थापालाई ‘हेमबहादुर मल्ल सम्मान २०७९’ प्रदान गरिने

‘हेमबहादुर मल्ल सम्मान २०७९’ डा. भेषबहादुर थापालाई प्रदान गरिने भएको छ । नेपाल जन–प्रशासन संघले २०७९ सालको ‘हेमबहादुर मल्ल सम्मान २०७९’ डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको हो ।

सार्वजनिक वितरण क्षेत्रको संस्था साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड संस्थाका प्रेसिडेन्ट एव कुशल व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा नेपाल जन–प्रशासन संघले गत वर्षको ‘हेमबहादुर मल्ल सम्मान’ स्थापना गरेको यही साउन २३ गते डा. थापालाई प्रदान गर्ने घोषणा गरेको हो ।

दुई लाख रुपैयाँ नगद राशिको ‘हेमबहादुर मल्ल सम्मान’ बर्सेनि प्रदान गरिँदै आइएको छ ।

पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका डा.भेषबहादुर थापालाई हेमबहादुर मल्ल सम्मान २०७९ प्रदान गरिने भएको छ । 

संस्थागत विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिको लागि पुर्याएको योगदानको कदरस्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ यही साउन २३ डा. थापालाई प्रदान गरिने जनाएको छ ।

जन–प्रशासन संघका अनुसार मल्ल सम्मानको छनोटका लागि नेपाल सरकारका पूर्व सचिव एवं पूर्व अर्थ मन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा एक सम्मान छनोट समिति गठन गरिएको थियो ।

त्यस्तै, समितिमा नेपाल जनप्रशासन संघका तत्कालीन अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्व सचिव शिशिरकुमार ढुंगाना सदस्य रहेका थिए ।

यसअघिका वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, स्व अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकरलाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसकेका छन् ।

स्वर्गीय मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही काम गरेका थिए ।

नेशनल फाइनान्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सुवर्ण फर्मास्युटिकल्स लिमिटेडको पनि अध्यक्षसमेत रहेर काम गरेका हेमबहादुरको योगदानको कदर गर्दै २०५९ सालदेखि यो सम्मान दिन शुरू गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्