०२ असार २०८३, मंगलबार

काठमाडौं विश्वविद्यालय र एम्बिसन गुरुबीच सम्झौता

साउन २१, २०८१
काठमाडौं
काठमाडौं विश्वविद्यालय र एम्बिसन गुरुबीच सम्झौता

देशभरका विद्यालय तथा शिक्षकको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कूल अफ एजुकेसन र ई–लर्निङ प्लेटफर्म ‘एम्बिसन गुरु’बीच समझदारी भएको छ ।

शिक्षण पेसा गरिरहेका र शिक्षक बन्न इच्छुक व्यक्तिको क्षमता अभिवृद्धि साथसाथै उनीहरूको सशक्तीकरण गर्ने उद्देश्यले आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार विभिन्न प्रशिक्षण पाठ्यक्रम तयार गरी कक्षा सञ्चालन गर्न एम्बिसन गुरु र काठमाडौं विश्वविद्यालयअन्तर्गतको स्कूल अफ एजुकेसनले सहकार्य गर्ने छन् । 

यी पाठ्यक्रम शैक्षिक सीप वृद्धि गर्न, मूल्याङ्कन मापदण्ड परिष्कृत गर्न र निरन्तर व्यावसायिक विकासको संस्कृतिलाई प्रोत्साहन दिन डिजाइन गरिएका हुन् ।

शिक्षकलाई नवीनतम उपकरण र विधिसँग परिचित गराएर शिक्षाको गुणस्तर उकास्ने लक्ष्यसहित दुई शैक्षिक संस्थाबीच हस्ताक्षर भएको हो ।

यस सहकार्यको मुख्य उद्देश्य समग्र देशको शैक्षिक उन्नयनलाई केन्द्रमा राखी विद्यालयको शैक्षिक र व्यावसायिक विकास सुदृढ गर्नु रहेको, काठमाडौं विश्वविद्यालयका एसोसिएट डीन प्रकाश भट्टराई को विश्वास छ ।

'काठमाडौं विश्वविद्यालयले निरन्तर सिकाइका लागि परामर्श दिनुका साथै देशभरका विद्यालय तथा सिकाइ केन्द्रमा आधारित व्यावसायिक विकास क्रियाकलापमार्फत देशभरका शिक्षकको क्षमता विकासमा सहयोग गर्नेछ,' भट्टराईले भने, 'यो सहकार्यअन्तर्गत काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनले आवश्यकताअनुरूप मूल्याङ्कन उपकरणको विकास, शिक्षक व्यावसायिक विकास पाठ्यक्रमको डिजाइन, शिक्षण शास्त्रमा सूचना प्रविधिको सम्भावनाको खोजी, व्यावसायिक शिक्षक प्रशिक्षकको नियुक्ति, विभिन्न कार्यशाला सहजीकरणका लागि पाठ्यक्रम विकास र शिक्षक तथा नेतृत्व कर्ताको अभ्यासमा निरन्तर अनुगमन तथा व्यवस्थापन लगायतको काम गर्नेछ ।'

salt training

कमेन्ट गर्नुहोस्