२४ असार २०८३, बुधबार

‘बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्छ’

साउन २१, २०८१
काठमाडौं
‘बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्छ’

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बाघको आक्रमणबाट घाइते भएका चितवनका ६० वर्षीय पशुपति श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

आइतबार भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका समयमा बाघको आक्रमणमा परी घाइते भएका श्रेष्ठको अवस्था बुझ्न आज अस्पताल पुगेका उनले यस्तो बताएका हुन् ।  हाल  चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । 

श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्दै मन्त्री सिलवालले स्वास्थ्य लाभको कामनासहित  बिरामीको अवस्थाबारे चिकित्सक र परिवारसँग बुझेका थिए । उनले बिरामीको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै केही समस्या भएमा मन्त्रालय सहयोग गर्न तयार रहेको बताए । 

श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राति नै नियन्त्रणमा लिइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्