
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ७० र गोलभेँडा सानो लोकलको १८ रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको ७५, आलु रातो भारतीयको ५८, आलु सेतोको ५२, मुला रातोको ४०, टाटे सिमीको १०० रुपैयाँ कायम भएको छ ।
यसैगरी लौकाको ४०, फर्सी पाकेको ६० रुपैयाँ कायम हुँदा अनारको ४००, केरा दर्जनको १५० रुपैयाँ कायम भएको छ ।
