![साउने झरीले जलमग्न काठमाडौं : सडकमै भेल, ट्राफिक व्यवस्थापन अस्तव्यस्त [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/kathmandu_badhi_rain_pani_weather_mausam_barsha__nLxNjF5pBp.jpg)
आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै देशभर पानी परिरहेको छ । हाल सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातभर झरी परेको छ । गएराति १० बजेदेखि पर्न थालेको पानी अहिलेसम्म निरन्तर परिरहेको छ ।
निरन्तरको झरीले उपत्यकाका खोला तथा नदीमा जलसतह बढेको छ ।
आज दिउँसो पनि देशभर पानी पर्ने सम्भावना छ । दिउँसो देशका सबै प्रदेशमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।










