![अविरल वर्षाले तालजस्ता बने काठमाडौंका सडक, पैदल यात्रुलाई सास्ती [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Badhi_ktm_2081-04_awnKgbsgeW.jpg)
मनसुन पुनः सक्रिय भएसँगै काठमाडौंका सडक जलमग्न बनेका छन् ।
निरन्तरको वर्षाले सडक जलमग्न बनेपछि सवारी आवागमनसँगै पैदल यात्रीलाई हिँड्नसमेत असहज भएको छ ।
हाल सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातारको झरीले काठमाडौंका विभिन्न स्थानका सडक जलमग्न भएपछि सर्वसाधारण र सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको थियो ।
विशेषगरी काठमाडौंको कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, पुतलीसडक, जमल थापाथली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, तीनकुने कोटेश्वर तथा ललितपुरका बालकुमारी, ग्वार्को, सातदोबाटो, कुपण्डोल, पुल्चोकलगायत क्षेत्रमा अत्यधिक जाम भएको ट्राफिक प्रहरीले जनाएको छ ।
वर्षाले सडक र चोकमा सर्वसाधारणको भीड देखिन्थ्यो भने दुई पाङ्ग्रे सवारीसाधनका यात्रु बढी मर्कामा परेका छन् ।
तस्वीरहरू












