२५ जेठ २०८३, सोमबार

गृहमन्त्री र निर्वाचन आयोगबीच राजनीतिक दलसम्बन्धी ऐन संशोधनलगायत विषयमा छलफल

साउन २२, २०८१
काठमाडौं
गृहमन्त्री र निर्वाचन आयोगबीच राजनीतिक दलसम्बन्धी ऐन संशोधनलगायत विषयमा छलफल
फाइल तस्वीर ।

निर्वाचन आयोगले गृहमन्त्री रमेश लेखकसँग निर्वाचनसँग सम्बन्धित विषयहरूमा छलफल गरेको छ । उक्त छलफल निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा केन्द्रित रहेको आयोगले मंगलवार विज्ञप्ति जारी गर्दै जनाएको छ ।  

गृहमन्त्री लेखकले आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ रहेको उल्लेख गर्दै आयोगले पारदर्शी, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सञ्चालन र व्यवस्थापनमा कुशलतापूर्वक भूमिका निर्वाह गरेको बताएका थिए ।

साथै निर्वाचन आयोगको भवन लगायतका पूर्वाधार निर्माण, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दलसम्बन्धी ऐनको संशोधनका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरूको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र र स्वायत्त आयोगको दायित्वका बारेमा प्रष्ट पारेका थिए ।

उनले निर्वाचन आयोगको कार्यालय भवनको पुनर्निर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानून र सोमा भएका नयाँ व्यवस्था तथा राजनीतिक दलसम्बन्धी ऐनलाई परिमार्जित गरी परिष्कृत गर्दा व्यवस्था गर्नुपर्ने मुख्य विषयका बारेमा पनि प्रष्ट्याए । 

उक्त छलफल कार्यक्रममा निर्वाचन आयोगका आयुक्तहरू, आयोगका सचिव, गृह मन्त्रालयका सचिव तथा आयोग र गृह मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।    

                                 
 

salt training

कमेन्ट गर्नुहोस्