०३ असार २०८३, बुधबार

सुस्तामा झोलुङ्गे पुल बनेसँगै बढ्यो पर्यटकीय गतिविधि

साउन २३, २०८१
नवलपरासी
सुस्तामा झोलुङ्गे पुल बनेसँगै बढ्यो पर्यटकीय गतिविधि

नवलपरासी (बर्दघा‐सुस्ता–पश्चिम )स्थित नारायणी नदीमा सुस्ता जोड्नेगरी झोलुङ्गे पुल निर्माण भएको छ । सुस्ता गाउँपालिका‐५ पक्लिहवास्थित नारायणी नदीमाथि पुल निर्माण गरिएसँगै आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन् । 

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इञ्जिनियर प्रवेत रेग्मीले पुलको भौतिक काम सम्पन्न भए पनि औपचारिक रूपमा उद्घाटन नहुँदै त्यहाँ पुल हेर्न आउनेहरूको घुइँचो लाग्ने गरेको बताए ।

उनका अनुसार २३ करोड ६५ लाख ९८ हजार आठ सयको लागतमा निर्माण भएको पुल एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडा छ । 

सुस्ता‐५ का वडाध्यक्ष प्रभु यादवले पुल निर्माणपछि यहाँका स्थानीय उत्साहित भएका बताए। हाल दिनहुँ यहाँ सयौँ मानिसको घुइँचो लाग्ने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्