२५ जेठ २०८३, सोमबार

एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि, दुई लाख परीक्षार्थी सहभागी हुँदै

साउन २३, २०८१
काठमाडौं
एसईईको ग्रेडवृद्धि परीक्षा आजदेखि, दुई लाख परीक्षार्थी सहभागी हुँदै

माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा आजदेखि शुरू हुँदैछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । 

यो वर्ष एसईईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो । 

पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ  अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ। 

परीक्षा बोर्डका अनुसार परीक्षामा दुई लाख १० हजार सहभागी हुँदैछन् । एक महिनाअघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । 

नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्