०९ असार २०८३, मंगलबार

इपिएस कोरिया : करिब ९ हजार परीक्षार्थी उत्तीर्ण

साउन २३, २०८१
काठमाडौं
इपिएस कोरिया : करिब ९ हजार परीक्षार्थी उत्तीर्ण

 रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

 सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएकोमा आठ हजार ९६५ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो ।

 सो शाखाका अनुसार गत वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म ७९ हजार ९३७ जनाका लागि लिइएको दोस्रो चरणको भाषा परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएका थिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्