![पहिरोले देशभरका दर्जन बढी सडक अवरुद्ध [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Beni_Jomsome_road_aabaurda_dr4QLxWcjo.jpg)
बाढी पहिरोले देशभरका दर्जन बढी सडक अवरुद्ध भएका छन् । पहिरोले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्गअन्तर्गतका दर्जन बढी सडक अवरुद्ध भएको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ ।
प्रतिकार्य शाखाका अनुसार सोलुखुम्बुको दूधकुण्ड नगरपालिका ११ साल्मे, खोटाङ हलेसी तुवाचुङ नगरपालिका ३ बोझेखोला, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ८ जुरे, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ खागदल सडकमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएका छन् ।
यस्तै, चितवन ईच्छाकामना गाउँपालिका न्याग्दीखोला, बागलुङ, बागलुङ नगरपालिका १० डब्ल्याङ, रुकुम सिस्ने गाउँपालिका ६ पाखागाउँ, पाल्पा रिद्विकोट गाउँपालिका २ जोत्ने, रोल्पा परिवर्तन गाउँपालिका १ पुत्लाचौरमा पहिरोले सडक अवरुद्ध भएको हो ।
डोल्पा/त्रिपुरासुन्दरी नगरपालिका १ छलगाड, रुकुम पश्चिम/मुसिकोट नगरपालिका रिमदह, सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोला, कालीकोट शुभकालिका गाउँपालिका १ एस मोड र गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ ।
सडक खुलाउने प्रयास भइरहेको गृहमन्त्रालयले जनाएको छ ।
