२९ जेठ २०८३, शुक्रबार

खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

साउन २३, २०८१
काठमाडौं
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

एनआईसी एशिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकहरूलाई आग्रह गरेको छ ।​​

खाताबाट गरिएको करकट्टीको विवरण अद्यावधिक गर्नुपर्ने भएकोले यस्तो आग्रह गरिएको बैंकले जनाएको छ ।​

बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको PAN Update विकल्पमा ट्याब गरी आफ्नो प्यान नम्बर अद्यावधिक गर्न सकिने छ ।

साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्