२१ असार २०८३, आइतबार
फेरि अर्को हवाई दुर्घटना

१५ दिनको फरकमा अर्को हवाई दुर्घटना, एयर डाइनेस्टीको हेलिकप्टर शिवपुरीमा खस्यो

साउन २३, २०८१
काठमाडौं
१५ दिनको फरकमा अर्को हवाई दुर्घटना, एयर डाइनेस्टीको हेलिकप्टर शिवपुरीमा खस्यो
फाइल तस्वीर ।

गत ९ साउनमा काठमाडौंमा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको दुई हप्तालगत्तै फेरि अर्को हवाई दुर्घटना भएको छ । 

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको हो । 

हेलिकप्टरमा ४ यात्रु र क्याप्टेन अरुण मल्लसहित ५ जना रहेको हेलिकोप्टर दुर्घटनामा परेको जानकारी त्रिभुवन विमानस्थल स्रोतले लोकान्तरलाई दियो । दुर्घटनामा पाँचै जनाको मृत्यु भइसकेको छ ।

१५ दिनअघि मात्र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडान भरेलगत्तै सौर्यको जहाज एयरपोर्ट परिसरमै दुर्घटनामा पर्दा १८ जनाको ज्यान गएको थियो । 

सो जहाज उडाउने पाइलट मनीषरत्न शाक्यको भने जीवितै उद्धार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्