
काठमाडौं, ११ कात्तिक– नेकपा एमाले र माओवादी केन्द्रको वाम गठवन्धनले दोस्रो चरणमा निर्वाचन हुन ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० क्षेत्रको बाँडफाड टुंगो लगाएका छन् । तर केही जिल्लामा भने वाम गठवन्धनका कुरा मिल्न सकेको छैन ।
विवादित जिल्लामा उम्मेदवार चयन गर्न वाम गठवन्धन आज शनिवार विहानै देखि छलफलमा जुटेका छन् ।
वामदेव गौतमको निवास भैसेपाटीमा दुई दलका नेता उम्मेदवारी छनोटलाई टुंग्याउन बसिरहेका छन् ।
दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ताको दिन नजिकिएसँगै वाम गठवन्धन विवाद रहेका जिल्लाको उम्मेदवारी टुंगो लगाउन केन्द्रीत भएका हुन् ।
एमाले र माओवादीबीच दुवै दलले दाबी गरेका ६ जिल्ला र प्रदेशका केही स्थान रहेका छन् ।
झापा, चितवन, उदयपुर दाङ, सल्यान अर्घाखाँची, कपिलवस्तु, मोरङ लगायतका जिल्लामा दुई दलले नै दाबी गरेपछि समस्या बढेको हो ।