
केही समय यता स्पेन क्याटलोनियाका कारण संकटमा परेको छ । क्याटलोनियाले स्पेनबाट अलगिएको घोषणा गरेसँगै स्पनेले त्यहाँको संसद भंग गरेको छ भने चुनाव गराउने निर्णय गरेको छ । यससँगै क्याटलोनिया विवाद थप चुलिएको छ ।
क्याटलोनियाको संसदले बहुमतले स्वतन्त्रताको पक्षमा भोट दिए जबकी स्पेनको संसदले क्याटलोनियाको स्वायत्तता अन्त्य गर्ने पक्षमा फैसला गरेको छ । स्पेनिश प्रधानमन्त्री मारियो रहोइले अब क्याटलोनियामा २१ डिसेम्बरमा फेरि चुनाव गर्ने घोषणा गरेका छन् ।
स्पेनको यो फैसलासँगै क्याटलोनियाको स्वायत्तताको संवैधानिक अवस्था अन्त्य भएको छ । जसका कारण यो प्रान्तमा स्पेनको सीधा शासन हुनेछ । तर क्याटलानका जनता आफूहरुलाई स्वतन्त्र मानिरहेका छन् ।
क्याटलोनियाको इतिहासक्याटलोनिया स्पेनको उत्तरी हिस्सामा रहेको एक स्वायत्त क्षेत्रको हो । जो सँग छुट्टै संसद छ । यहाँ लामो समयदेखि स्पेनसँगबाट वित्तिय स्वतन्त्रताको माग भएको थियो तर स्पेनको आपत्तिका बीच यहाँ स्वतन्त्रताका अभियानहरु चलिरहेका थिए ।
स्पेनको शासन भएपनि क्याटलोनियाको आफ्नै झण्डा छ, प्रहरी रहेको छ । दूरसञ्चारका लागि क्याटलोनियासँग आफ्नो नियामक तथा विदेशमा प्रतिनिधि कार्यलय पनि छ । जसले विश्वभरमा क्याटलोनियाको व्यापार र लगानीलाई बढावा दिन सकियोस् ।
स्पेनको सवैभन्दा समृद्ध क्षेत्रमा पर्ने क्याटलोनिया करिब एक हजार वर्षको इतिहास बोकेको क्षेत्र हो ।
स्पेनमा गृहयुद्ध हुनुभन्दा पहिला यसलाई स्वतन्त्रता मिलेको थियो । सन् १९३९ देखि १९७५ का बीच जनरल फ्रान्सिस्को फ्रेकोको नेतृत्वमा क्याटलोनियाको स्वायत्वता खतम गरिएको थियो ।
सन् १९७८ को संविधानमा यसको पूर्वोत्तर क्षेत्रलाई फेरि स्वायत्ता दिन स्पेन बाध्य भएको थियो ।
के हा क्याटलोनिया विवाद ?क्यालोनिया लामो समयदेखि स्पेनबाट अलग हुने माग गरिरहेका थियो । क्याटलोनियाका बित्तिय दबदबा धेरै छ र त्यहाँका मानिसको आरोप छ कि त्यसको फाइदा उनीहरुले पाएका छैनन् । हालसालै यसै विवादका कारण हिसा समेत भड्कीएको थियो । हिंसाकाबीच एक जनमत संग्रह गराइएको थियो । जसमा भाग लिएका मध्ये ९० प्रतिशत जनताले स्पेनबाट अलग हुने पक्षमा मतदान गरेका थिए ।
१ अक्टुबरमा गराइएको जनमतसंग्रहलाई स्पेनले भने अवैध बताएको थियो ।
स्पेनमा सन् २०१५ मा भएको मतदानमा क्याटलोनिया अलग बनाउने पक्षधरले जितेका थिए । चुनावका क्रममा उनीहरुले क्याटलोनियालाई अलग गराउन जनमत संग्रहको आयोजना गर्ने जनाएका थिए ।
सन् १९७७ मा तानाशाही अवस्थाबाट अगाडि बढेसँगै यो स्पेनको सवैभन्दा ठूलो राजनीतिक संकटको रुपमा लिइएको छ ।