

सलमान खानको फिटनेसको राज एक्सरसाइज रहेछ । एक्सरसाइजमा विशेष ध्यान दिने सलमान जतिसुकै व्यस्त समयमा पनि एक्सरसाइज गर्न भुल्दैनन् । काममा निकै व्यस्त भएको खण्डमा पनि सलमान रातिको समयमा भए पनि एक्सरसाइज गर्न छुटाउँदैनन् ।
नास्तामा सलमान चारवटा अन्डा र कम फ्याट भएको दूध लिन्छन् ।
उनको वर्कआउटपहिले अथवा पछि डाइटबारे तय हुन्छ । वर्कआउटपहिले दुईवटा अन्डा खान्छन् भने पछि बदाम र तीनवटा अन्डा लिन्छन् ।
सलमान लन्चमा ननभेज खाना खान रुचाउँछन् । ननभेजमा उनी फ्राइड फिस अथवा मटन खान्छन् । साथमा उनलाई फलफूल र सलाद चाहिन्छ ।
सलमान डिनरमा सुप, चिकेन र सब्जी समावेश गर्छन् ।
जंकफुडदेखि सलमान सधैँ टाढै बस्छन् । सन्तुलित आहारमा पनि त्यति नै ध्यान दिन्छन् ।
आफूसँग फिटनेस टिप्स माग्न आउनेलाई सलमान गुलियो नखान सल्लाह दिन्छन् । सुगरभन्दा पनि प्रोटिनजन्य खानेकुरामा जोड दिनुपर्छ भन्ने उनको मान्यता छ ।
सलमान मसालेदार भारतीय खाना अथवा इटालियन खानामा रुचि राख्छन् । उनका लागि आइसक्रिम र पिज्जा फेभरेट हो ।
सलमान रोटी खानसमेत रुचि राख्छन् । उनी एकपटकमा कम्तीमा ६ वटासम्म रोटी खान्छन् । रोटीसँग सलाद, सब्जी भए पुग्छ ।