२१ जेठ २०८३, बिहीबार

गोरखामा विकास बाबुरामले होइन माओवादीले गरेको हो : नारायणकाजी

कात्तिक २०, २०७४
गोरखामा विकास बाबुरामले होइन माओवादीले गरेको हो : नारायणकाजी

नेकपा माओवादी केन्द्रका नेता तथा गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले बाबुरामले माओवादी केन्द्र भएर मात्र गोरखामा बिकास गरेको बताएका छन् ।

अाज गोरखामा अायाेजित एक कार्यतक्रममा श्रेष्ठले भने, ‘माओवादी केन्द्र छोडेपछि गोरखाको विकासमा बाबुराम भट्टराईले सिन्को पनि भाँच्नुभएको छैन, व्यक्तिले गरेको भए अहिले खोलो बग्नु पर्ने । जे गर्यो पार्टीको सरकारले गरेको हो । एउटा (बाबुराम) हल्लिएर विकास हुन्न । विकास गर्न सरकार बनाउनुपर्छ ।'

श्रेष्ठले गोरखा-२ मा काँग्रेससँग प्रतिस्पर्धा नभएको दावी गरेका छन् । उनले भने-गोरखा २ मा हाम्रो काँग्रेससँग प्रतिस्पर्धा छैन, त्यसैले विकासका लागि काँग्रेसका साथीहरुले साझा वाम उम्मेदवारलाइ समर्थन गर्नुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्