०२ असार २०८३, मंगलबार

कांग्रेस बैठक आज पनि बस्दै

साउन २५, २०८१
काठमाडौं
कांग्रेस बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज(शुक्रबार) पनि बस्ने भएको छ । बुधबारदेखि पार्टी कार्यालयमा शुरू भएको बैठक शुक्रबार पनि जारी रहने पार्टी कार्यालयका प्रमुख सचेतक कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा पेस भएका विभिन्न ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, डा डिला संग्रौला, किरणराज शर्मा पौडेल, राजीव कोइराला, मानबहादुर नेपाली, राजेन्द्रकुमार केसी, गुरू बराल, कान्तिका सेजुवाल, भरतकुमार शाह, सीतादेवी देवकोटा र शारदा पौडेल, आमन्त्रित सदस्य नारायणी रायमाझीले धारणा राखेका थिए । 

यस्तै प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), ईन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले सिन आ–आफ्नो धारणा राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्