०९ असार २०८३, मंगलबार

कोशी प्रदेशमा पनि आज सार्वजनिक बिदा

साउन २५, २०८१
काठमाडौं
कोशी प्रदेशमा पनि आज सार्वजनिक बिदा

कोशी प्रदेशमा पनि आज बिदा छ ।  विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेश सरकारले आज बिदा दिएको हो । 

दिवस मनाउन प्रदेश भित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।

यसैगरी आज कर्णाली प्रदेशमा पनि बिदा छ । तर, कारण भने फरक छ । कर्णाली सरकारले नाग पञ्चमीका अवसरमा बिदा दिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्