०८ असार २०८३, सोमबार

साउनमै टाटा मोटर्सको दशैं अफर– जुनसुकै ब्राण्डका पुराना गाडीसँग टियागो इभी साट्न सकिने

साउन २५, २०८१
काठमाडौं
साउनमै टाटा मोटर्सको दशैं अफर– जुनसुकै ब्राण्डका पुराना गाडीसँग टियागो इभी साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले साउनमै दशैं अफर ल्याएको छ । 

अफरअन्तर्गत जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिने कम्पनीले जनाएको छ । 

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरूप्रतिको रुचिलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देशैभर रहेका शोरुममा साउन २५ देखि २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम सञ्चालन गरेको टाटा मोटर्सले जनाएको छ ।

कार्यक्रममा ग्राहले निःशुल्क रूपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनसलगायत सुविधाहरू प्राप्त गर्न सक्ने छन् । 

साथै साउनमै दशैं कार्यक्रममा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्