०२ असार २०८३, मंगलबार

स्कुल बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु, १३ खसी-बाख्रासमेत मरे

साउन २५, २०८१
काठमाडौं
स्कुल बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु, १३ खसी-बाख्रासमेत मरे

बाँकेमा स्कुल बसले ठक्कर दिँदा एकजना युवकको ज्यान गएको छ । 

कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले ठक्कर दिँदा बाख्रा गोठालो गएका बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डीएसपी नारायण डाँगीका अनुसार बिहीबार अपरान्ह ५ बजे ढकेरी पुलमा ब्राख्रा र गोठालो गएका पुरुषलाई बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा १३ वटा खसी-बाख्रा पनि मरेका छन् । ठक्कर दिने बस कोहलपुर नगरपालिका–१२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कुलको हो । 

घटनापछि आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध पारेका थिए । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्