×

नक्कली भुटानी शरणार्थी प्रकरण

प्रहरी हिरासतमा बेचन झाका ४२ दिन– आरोपबारे इन्कारी बयान, मोबाइलको फरेन्सिक जाँच

काठमाडाैं | साउन २५, २०८१

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ‘बिचौलीया’को भूमिका निभाउने प्रमुख पात्रमध्ये एक रहेका बेचन झा ४३ दिनदेखि प्रहरी हिरासतमा छन् ।

राजनीतिक पहुँच र प्रभाव देखाएर सिंहदरबारदेखि बालुवाटार हुँदै बुढानीलकण्ठसम्मको हवाला दिएर झाले रकम असुलेको बताइन्छ ।


Advertisment

झा पक्राउ परेको केहीदिनमै सत्ता समीकरण फेरिएपछि धेरैले यससँग जोडेर पनि हेरे । तर, सत्ता फेरबदलका लागि गृहकार्य भने त्यसअघिदेखिनै भइरहेको थियो ।


Advertisment

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका झाको बयान सकिएको छ । उनले आफूमाथि लागेका सबै आरोपका सम्बन्धमा इन्कारी बयान दिएका छन् ।

Laxmi Bank

मध्यबानेश्वरमा घर रहेका झासँग शरणार्थी गिरोहका योजनाकार केशव दुलाल, सानु भण्डारी (हाल नख्खु कारागार) बाक्लो सम्पर्कमा रहने गरेको भण्डारीकै बयानबाट खुलिसकेको छ । 

अनुसन्धान क्रममा अर्का प्रतिवादी रामशरण केसीले झालाई बुझाएको २ करोड रुपैयाँको चेक, केही अडियो रेकर्ड र तस्वीर समेत भेटिएका आधारमा प्रहरीले झाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

तर, प्रहरी बयानमा झाले यी सबै आरोप अस्वीकार गरेका छन् । बयानमा झाले भनेका छन्– ‘मेरो नाममा कसले कति रुपैयाँको चेक काटिदियो, मलाई थाहा छैन । अडियो पनि मेरो होइन ।’ 

झाले नेपाली कांग्रेस र नेकपा एमालेका अधिकांश नेतालाई आफूले चिन्ने कुरा भने बयानमा स्वीकारेका छन् ।

‘मैले कांग्रेस र एमालेका नेताहरू चिन्छु, तर भुटानी शरणार्थी प्रकरणलाई लिएर कसैलाई भेटेको छैन,’ झाको बयान उद्धृत गर्दै काठमाडौं प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘झाले भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोड्न नमिल्ने भनेर बयान दिएका छन् ।’ 

काठमाडौं प्रहरीले विगतमा पक्राउ परेका अन्य प्रतिवादीले गरेको बयानमा झालाई पोलेको सन्दर्भलाई समेत केलाएर हेरेको छ । 

पूर्व गृहसचिव टेकनारायण पाण्डेले राजनीतिक दलका नेताको सिफारिशमा आफूले झालाई भेटेको बयान दिएका थिए । झालाई बयानमा पोल्दा अन्य राजनीतिक दललाई समेत अनुसन्धान दबाउन दबाब हुने आशामा पाण्डेले उनको नाम लिएका थिए ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार हिरासतमा रहेका झाले पूर्व सचिव पाण्डेलाई भने आफूले नचिनेको बयान दिएका छन् । 

बयानमा उनले भनेका छन्, ‘टेकनारायण पाण्डे सचिव हुन् भन्ने थाहा थियो तर, उनलाई म व्यक्तिगत रूपमा चिन्दिनँ । उहाँसँग संवाद हुने कुरै आउँदैन ।’

तर, पाण्डेले भने बयानमा शरणार्थी समस्यालाई राजनीतिक परियोजनाका रूपमा विकास गरेको भनेर उल्लेख गरेका थिए । 

मन्त्रालयमा राजनीतिकरूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिने उनले बयानमा उल्लेख गरेका थिए 

प्रहरीले झाबाट बरामद भएका दुई थान मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको छ । डीएफएल रिपोर्ट आएको छैन । तर, मोबाइलमा भएका प्रमाणहरू झाले पहिल्यै मेटेको वा मोबाइल नै फेरेर चलाएको आशंका प्रहरीको छ । 

त्यस्तै, झाले रामशरण केसीसँग गरेको अडियो संवाद आफ्नो नभएको बयान दिएपछि प्रहरीले परीक्षणका लागि पठाएको छ । झाको नाममा भारतको बिहारस्थित मधुवनीबाट लिएको आधार कार्ड पनि उनकै हो वा होइन भनेर बुझ्न नेपालस्थित भारतीय दुतावासमा प्रहरीले परराष्ट्र मन्त्रालयमार्फत परिपत्र गरेको छ । 

झाविरुद्ध संगठित ठगीको कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई छ । गत असार १४ गते भारतबाट पक्राउ गरी गड्डाचौकी हुँदै काठमाडौं ल्याएका झाविरुद्ध यथेष्ट प्रमाण नहुनु र सरकारी वकिल कार्यालयमा दिएको इन्कारी बयानका कारण मुद्दा कमजोर हुने देखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले झाको बयान लिने काम भइसकेकाले मुद्दाको मिसिल बुझाउने प्रक्रियामा रहेको बताए । 

उनले लोकान्तरसँग भने, ‘उहाँबाट फेला परेका मोबाइल र रामशरणसँग संवाद भएको अडियोको सम्बन्धमा परीक्षणका लागि पठाइएको छ । रह्यो भारतीय आधार कार्ड, त्यसबारे भारतमा कूटनीतिक पत्राचार भएको छ ।’ 

स्रोतका अनुसार छिटो मुद्दा बुझाउन काठमाडौं प्रहरीलाई दबाब छ ।  

बेचन झाबारे केसीले बयानमा के भनेका थिए ? (उनकै शब्दमा) 

२०७८ मंसिर १३ गते मन्त्रिपरिषद्को बैठकबाट भुटानी शरणार्थी सम्बन्धमा हामीलाई काम लाग्ने केही निर्णयहरू हुन लागेको छ । उक्त निर्णय गराउन बेचन झाले केही रकमहरू मागेका छन् । उनलाई चेक काटिदिनू भनी प्रतिवादी सानु भण्डारीले भनेपछि मेरो नाममा हिमालयन बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटी मेरो दस्तखत समेत गरी उक्त चेक बेचन झालाई काठमाडौंस्थित बानेश्वर ह्वाइट हाउसअगाडि बाटोमा २०७८ मंसिर ८ गते राति ८ बजेतिर भेटी दिएको हुँ ।

उक्त चेकको फोटो समेत खिची मेरो साथी प्रेमराज पन्थीलाई पठाएको तथा म पक्राउ पर्नुभन्दा अगाडि मेरो साथी पवित्रा राईलाई सो घटना सम्बन्धमा प्राप्त भएको कागजातहरू सुरक्षित साथ राख्न दिएकोमा निजले अनुसन्धानको क्रममा पेस गरेको हुँदा सो चेकको विवरण खुल्न आएको हो । 

बेचन झालाई चेक दिँदा मेरो मोबाइलमा उक्त चेक दिइएको भिडियो समेत खिचेकाले उक्त भिडियो आवश्यक परेमा पछि पेस गर्न सक्छु । सानु भण्डारीले भुटानी शरणार्थीका रूपमा अमेरिका पठाउने कार्यका लागि मन्त्रिपरिषद्बाटै बेचन झाले केही निर्णयहरू गराउँछन्, उक्त निर्णयहरूको आधारमा अमेरिका तथा तेस्रो मुलुकमा शरणार्थी पठाउन सजिलो हुन्छ भनेको आधारमा मैले चेकमार्फत रकम दिएको हुँ ।

पढ्नुहोस्, यो पनि :

शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध २६ करोड बिगो, मुख्य राजनीतिक बिचौलिया बेचन झा [चेकसहित]
 

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x