०७ असार २०८३, आइतबार

कोरियन भाषा परीक्षाको दोस्रो चरण उत्तीर्णहरूको सीप परीक्षण भदौमा हुने

साउन २५, २०८१
काठमाडौं
कोरियन भाषा परीक्षाको दोस्रो चरण उत्तीर्णहरूको सीप परीक्षण भदौमा हुने

वैदेशिक रोजगार अनुमति प्रणाली ‘ईपीएस’को दोस्रो चरणमा उत्तीर्ण भएकाहरूको ‘स्किल टेस्ट’ भदौमा हुने भएको छ । दोस्रो चरणमा कोरियन भाषा पास भएकाहरूको ‘स्किल टेस्ट’ अर्थात्  सीप परीक्षण भदौ १८ गतेदेखि हुने भएको हो ।​​

ईपीएस कोरिया शाखाका अनुसार ‘मेन्युफ्याक्चरिङ’तर्फको दोस्रो लटका ८ हजार ९६५ परीक्षार्थीको सीप परीक्षण भदौ २५ गतेसम्म नेपाल प्रशासनिक परीक्षण प्रतिष्ठान जावलाखेलमा हुनेछ ।

गत वैशाख १ गतेदेखि साउन १६ गतेसम्म भएको दोस्रो चरणको भाषा परीक्षामा ८ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका थिए ।

त्यसअघि पहिलो चरणको परीक्षा गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भएको थियो । जसमा ६ हजार ३२१ जना उत्तीर्ण भएका थिए । ​​

ईपीएस कोरिया शाखाले सन् २०२३ को उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षा गत फागुन ७ गतेदेखि शुरू गरेको थियो ।

ईपीएस शाखाले परीक्षार्थीको सङ्ख्या अत्यधिक भएकाले तीन चरणमा परीक्षा शुरू गरेको हो । 

पहिलो र दोस्रो चरणको भाषा परीक्षा सम्पन्न भइसकेको भने तेस्रो चरण परीक्षा भइरहेको छ ।

कुल १ लाख ६३ हजार ६३५ जना परीक्षार्थी रहेको भाषा परीक्षाको पहिलो चरणमा ४७ हजार ४२९ जना, दोस्रो चरणमा ७९ हजार ९३७ जना र तेस्रो चरणमा ३६ हजार १७० जना परीक्षार्थी समावेश गराएर गत फागुनदेखि ईपीएस कोरिया शाखाले परीक्षा गराउँदै आइरहेको छ ।

यस्तै, आगामी असोज २६ देखि पुस २ गतेसम्म तेस्रो अर्थात् अन्तिम चरणको परीक्षामा हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्