०२ असार २०८३, मंगलबार

धर्म परिर्वतन सम्बन्धि फौजदारी कानुन फिर्ता गर्न माग

कात्तिक २०, २०७४
धर्म परिर्वतन सम्बन्धि फौजदारी कानुन फिर्ता गर्न माग
काठमाडौं, ११ कात्तिक— आमुल परिर्वतन मसिहा पार्टीले धर्म परिवर्तन सम्बन्धि ल्याएको फौजदारी कानुन खारेजीको लागि सरकारसमक्ष १० बुँदे माग अघि सोरेको छ ।news11
उक्त पार्टीले आज शनिबार पत्रकार सम्मेलन गरेर अन्तराष्र्टि«य शान्ति सम्झौताबिपरित बनाएको सबै कानुन खारेज गर्नुपर्ने, धर्मनिरपेक्षता अक्षरस लागु गर्नुपर्ने, अल्पसंख्यक धार्मिक समुदायलाई लक्षित गरि बनाएको फौजदारी कानुन खारेज गर्नुपर्ने, सप्तकोशी बाँधको चाबी नेपालमा राख्नुपर्ने, भष्ट्राचारीलाई सर्वश्व आजीवन काराबासको व्यबस्था गर्नुपर्ने, सिमानामा पर्खाल लगाउनुपर्ने लगायतका मागहरु अघि सारेको छ ।
पार्टीका अध्यक्ष भरत गिरीले धर्मपरिर्वतनसम्बन्धि फौजदारी कानुन सरकारले तत्काल फिर्ता गर्नुपर्ने जिकिर गरे । धर्मनिरपेक्षतासहितको संविधान लागु भैसकेको बताउँदै अध्यक्ष गिरीले अल्पसंख्यक नागरिकमाथि अन्याय गर्ने हेतुले फौजदारी अभियोगको कानुन ल्याएको आरोप लगाए ।
भष्टा«चारी, बलात्कारी र दुराचारीहरुलाई कारबाही गर्नको लागि हदैसम्मको कानुन निर्माण गर्नुपर्ने माग गर्दै गिरीले भने,‘गलत काम गर्दाखेरी ईश्वरले देख्छन भन्ने मनमा विश्वास हुनुपर्छ, प्रहरीले नदेखोस, जनताले थाहा नपाउनजस्तो गरेर धेरै गल्तिहरु हुन थाले, हाम्रो पार्टी यसको विपक्षमा छ । उनले सरकारले तत्काल फौजदारी कानुन फिर्ता नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।
आफ्नो पार्टीले आध्यात्मिकवादलाई अनुसरण गर्ने उल्लेख गर्दै गिरीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई भोट दिनको लागि आग्रह गरेका छन्। उक्त पार्टीले पानको पात चुनाव चिन्ह लिएर चुनावमा सहभागी हुने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्