२८ जेठ २०८३, बिहीबार

धादिङ बस दुर्घटना : एकै परिवारका ५ जनाको मृत्यु

कात्तिक २०, २०७४
धादिङ बस दुर्घटना : एकै परिवारका ५ जनाको मृत्यु


राजविराज, ११ कात्तिक - सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँचजनाको आज बस दुर्घटनामा परी मृत्यु भएको छ ।received_1444789075571038

दीपावली र छठ पर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सञ्चालन हुन्छ भनेर घरबाट काठमाडौँ हिँडेका संजीतकुमार झासहित परिवारका पाँचजनाको आज बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशूलीमा बस खसेपछि उनीहरुको सो दुर्घटनामा परी मृत्यु भएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका चन्दन यादवले बताए ।

राष्ट्रिय वाणिज्य बैंक , गौशाला शाखा काठमाडौँमा प्रबन्धकका रूपमा कार्यरत झासहित उनकी पत्नी सिमीकुमारी झा, १० वर्षीय छोरा अभिनव, चार वर्षीय छोरा प्रतीक र भाइ अनजीत तथा साली पूजा झा र सालो बिटु झा एउटै बसमा चढेका थिए । संजितका परिवारका पाँचजना र साला र सालीको पनि मृत्युभएको हो ।

उनीहरू राजविराजबाट छुटेको ना ६ ख १४६७ नंको सन्देश बसमा चढेर जाँदै गर्दा आज बिहान त्रिशूलीमा खसेपछि बसमा सवार संजीत, उनका भाइ, पत्नी, दुई छोरा र साला, साली सबैको मृत्यु भएको तिलाठीवासीले जनाएका छन् । अहिले सिंगो सप्तरी जिल्ला शोकमग्न बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्