×

मिर्गौला पीडितलाई १५ लाख सहयोग​​​

स्याङ्जा | साउन २७, २०८१

स्याङ्जाकी एक मिर्गौला पीडित महिलालाई रु १५ लाख रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ । ​

Laxmi Bank

स्याङ्जाको गल्याङ नगरपालिका– ११ छाप घर भइ हाल गल्याङ बजारमा बस्दै आएकी जमुना थापाको उपचारका लागि नेपाल मगर सङ्घ गल्याङ नगर समितिले रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो ।


Advertisment

दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचाररत थापाको जीवन रक्षाका लागि नेपाल मगर सङ्घ गल्याङले ‘जमुना बचाऔं’ अभियानमार्फत देश तथा विदेशबाट रकम सङ्कलन गरिएको नेपाल मगर सङ्घ गल्याङका अध्यक्ष कुमार रानाले जानकारी दिए ।


Advertisment

'दुवै मिर्गौलाले काम गर्न छाडेको थाहा पाएपछि उपचारका लागि आर्थिक अभाव भएकाले सङ्घमार्फत सहयोग जुटाउने अभियान चलाएका हौं,' उनले भने, 'सङ्घले थालेको अभियानमा देश तथा विदेशका विभिन्न ठाउँबाट सहयोग जुटेको छ।' सङ्कलन भएको रकम पीडितलाई हस्तान्तरण गरिएको छ ।

अहिले पनि रकम सङ्कलन हुने क्रम जारी छ । गत जेठ १७ गतेदेखि रकम सङ्कलन अभियान थालिएको हो ।

मिर्गौला पीडित जमुनाको अहिले पोखरामा उपचार भइरहेको छ ।

उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी भइरहेको बताइएको छ ।

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x