०५ असार २०८३, शुक्रबार

भारतीय विदेश सचिव मिस्रीको उच्चस्तरीय भेटघाट शुरू

साउन २७, २०८१
काठमाडौं
भारतीय विदेश सचिव मिस्रीको उच्चस्तरीय भेटघाट शुरू

नेपालको दुई दिने भ्रमणका क्रममा आएका भारतका विदेश सचिव विक्रम मिस्रीले भारतीय सहयोगमा बनेको नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्‌घाटन गरेका छन् । 

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका मिस्रीले उच्चस्तरीय भेटघाट पूर्व नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्‌घाटन एवं अवलोकन गरेका हुन् । ​

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा काठमाडौं आएका मिस्रीले २ बजेर ४५ मिनेटमा राष्ट्रपति रामचन्द्र पौडेल र ३: ३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले लोकान्तरलाई जानकारी दिए ।

सोमबार बिहान ११:४५ मा उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । 

उनी सोमबार साँझ स्वदेश फर्किने छन् ।

salt training

कमेन्ट गर्नुहोस्