२६ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता

साउन २७, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता

नेपालको दुई दिने भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

आइतबार बिहान नेपाल आएका मिस्रीले दिउँसो ओलीसँग भेटवार्ता गरेका हुन् ।

कांग्रेस–एमाले गठबन्धन सहित ओली प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्ने मिस्री उच्च भारतीय अधिकारी हुन् । 

यसअघि उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्‌घाटन एवं अवलोकन गरेका थिए ।

सोमबार बिहान उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । 

उनी सोमबार साँझ स्वदेश फर्किने छन् ।

salt training

कमेन्ट गर्नुहोस्